नियम ९५
अडिटरहरूको कर्तव्य र अधिकार
(१) ऐनको अधीनमा रही प्रत्येक अडिटरले आफ्नो कर्तव्य पालनको निमित्त आवश्यक भएका सूचना र स्पष्टीकरण कपोरेशनको सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर र अरू कर्मचारीहरूबाट माग्न सक्नेछ ।
(२) ऐनको दफाँ २७ को उपदफाँ (४) बमोजिम अडिटरले प्रतिवेदन पेश गर्दा देहायका कुराहरू समेत उल्लेख गर्नु पर्नेछः
(क) त्यस्तो बैलेन्ससीट र लाभ हानिको खाता कर्पोरेशनको हिसाब किताबहरूसँग मेल खान्छ खाँदैन र कर्पोरेशनको वास्तविक र दुरुस्त स्थिति देखिने गरी तैयार गरिएको छ छैन,
(ख) सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर वा कर्पोरेशनको अरू कुनै कर्मचारीले अनुचित काम गरेको छ छैन ।
(३) आफूले लेखापरीक्षण गरी प्रतिवेदन दिएमा अडिटरलाई हिसाबहरू पेश हुने साधारण सभाको सूचना प्राप्त हुनेछ र निज सो सभामा उपस्थित हुन पाउनेछ । सो सभा हुँदा निजले आफूले लेखापरीक्षण गरेको हिसाबहरूको सम्वन्धमा मागिए बमोजिम सबेै सूचनाहरू दिनु पर्छ ।